कार्यालय प्रमुख

श्री धर्मा अर्याल बेल्वासे
९८५७०८९७१०
परिचय
श्रम तथा रोजगार कार्यालय बुटवल रुपन्देही साबिकको श्रम कार्यालय लु.अ. को रुपमा वि.स. २०३३ सालमा स्थापना भएको हो ।यसको कार्यक्षेत्र अन्तर्गत लुम्बिनी प्रदेशका रोल्पा, प्युठान, नवलपरासी सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा,गुल्मी, र अर्घाखाँची गरि जम्मा आठ जिल्ला पर्दछन् । यी क्षेत्रमा भएका श्रम सम्बन्धी ऐन नियम तथा नीति निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गरि श्रमिकहरुको हक अधिकारको संरक्षण र संवर्द्धन गर्दै स्वस्थ,सुरक्षित र मर्यादित कार्य वातावरणको सिर्जना गर्नु यस कार्यालयको कार्य रहेको छ ।
श्रम शक्तिको विकास र सदुपयोग गरी उत्पादकत्व अभिवृद्धि गर्नका लागि सुमधुर औद्योगिक श्रम सम्बन्ध कायम गर्ने, बालश्रम निवारण र सुधार लगायतका कार्यहरु गर्ने र गर्न लगाउने, श्रम ऐन,बोनस ऐन तथा सोहि सम्बन्धित नियमहरु उद्योग प्रतिष्ठानमा लागू गराउने तथा ट्रेड युनियन ऐन नियमानुसार कार्य गर्ने रहेको छ ।
वि.स. २०७५ पौष १५ गते देखि वैदेशिक रोजगारमा जानेहरुका लागि पुनः श्रम स्वीकृति (RE-entry) प्रदान गर्ने कार्य सुरु भएको छ ।
सूचना अधिकारी

श्री ऋषिराम पन्थी
९८५७०७५३५१

