बारम्बार सोधिने प्रश्नहरू

रोजगारदाताले श्रमिकलाई श्रम ऐन, २०७४ को दफा १० बमोजिम ५ प्रकारको रोजगारीमा राख्न सक्नेछन ।

रोजगारदाताले श्रमिकसँग रोजगार सम्झौता गरेमा वा मौखिक रुपमा श्रमिकलाई रोजगारी दिएमा वा आकस्मिक रोजगारीको हकमा श्रमिक काममा लागेको वा निजले सेवा प्रदान गरेको समयदेखि रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध स्थापना हुनेछ।

श्रम ऐन, २०७४ को दफा ८ बमोजिम प्रत्येक श्रमिकलाई कर्तब्यनिष्ट र जिम्मेवार भइ ट्रेड युनियन को अधिकार हुन्छ ।

प्रतिष्ठानमा मान्यता प्राप्त ट्रेड यूनियनहरु विच आन्तरिक रुपमा विवाद समाधानको प्रयास गर्ने र सहमति वा समाधान नभएको अवस्थामा श्रम तथा रोजगार कार्यालयमा सामाधानको लागि निवेदन दिने ।

दफा ११ (१) रोजगारदाताले रोजगार सम्झौता नगरी कसेलाई काममा लगाउन हुँदैन । सम्झौताको भाषा श्रमिकले वुझ्ने भाषा वा अग्रेजी भाषा हुनु पर्ने छ ।

रोजगारदाताले श्रममकसँग रोजगार सम्झौता गर्दा मजदुरलाई छ महिना परीक्षणकालमा रहने गरी गर्न सक्नेछ ।

कार्य स्थलमा कुनै विषम परिस्थिति उपन्न भएमा रोजगारदाताले काम स्थगन गरी श्रमिकलाई जगेडामा राख्ख सक्नेछ र रोजगार सम्बन्ध कायमै रहेको मानिने छ ।

रोजगारदाताले श्रमिकलाई प्रतिदिन आठ घण्टा र एक हप्तामा खाजा समय सहित अठ्चालीस घण्टा भन्दा बढी समय हुने गरी काममा लगाउन पाइने छैन । अतिरिक्त काममा लगाएमा उक्त अतिरिक्त समयको 1.5 प्रतिशत थप रकम प्राप्त गर्ने छन ।

एक वर्षको सेवा अवधि पूरा गरेको श्रमिकले मासिक रुपमा पाउने आधारभूत पारिश्रमिकको कम्तीमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष तलब वृहि (ग्रेड) पाउनेछ ।

आफ्नो धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वमा प्रत्येक श्रमिकले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछन।उक्त रकम सहमतिमा कुन समयमा लिने एकिन गर्न सकिन्छ ।

सार्वजनिक विदा / घर विदा/ विरामी विदा / प्रसुति विदा र क्रिया विदा पाउने छन ।

संचयकोष/उपदान/औषधि उपचार विमा दुर्घट्ना विमा बापतको सुविधा, संचित विदाको रकम तथा अतिरिक्त समय काम गरेको रकम समेत प्राप्त गर्छन ।

श्रमिकलाई यस ऐन, नियमावली, प्रचलित कानून वा सामूहिक सम्झौता बमोजिम प्राप्त हक सम्बन्धी कुनै विषयमा व्यक्तिगत दाबी भएमा यस्तो श्रमिकले रोजगारदाता समक्ष लिखित निवेदन दिन सक्नेछ । निवेदन परेका मितिले 15 दिन भित्र आपसी छलफलबाट समस्या समाधान गर्नु पर्ने हुन्छ ।

रोजगारदाता समक्ष निवेदन परेको १५ दिन सम्म पनि छलफल नभएमा वा छलफल गर्दा पनि सहमत हुन नसकेमा रोजगारदाता समक्ष निवेदन परेको १५ दिन पछि ६महिना भित्रमा निवेदन दिनु पर्छ ।

श्रम सम्बन्ध कायम हुने कागजात / नागरिकताको प्रतिलिपि/रोजगादाता समक्ष निवेदन दिएको प्रतिलिपि/प्रतिष्ठानबाट रोजगार दाताले उपलब्ध गराएको परिचय पत्र र आफूले पाउनु पर्ने मध्ये के कति कुन कुन विषयको र कति अवधिको रकम हो सो समेत स्पष्ट खुलाई निवदेन दिनु पर्छ।

बोनस वितरण सम्बन्धी विबाद उत्पन्न भएको ३ महिना भित्र श्रम तथा रोजगार कार्यालयमा निवेदन दिई विवाद समाधान गर्न सकिन्छ ।

दश वा सोभन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानमा सामुहिक सौदाबाजी को माग गर्न सक्ने ब्यवस्था ।

स्वइच्छाले रोजगारी अन्त्य गरेको अवस्थामा पनि कानूले तोकेको सम्पूर्ण सेवा सुविधा पाइन्छ ।

एक आर्थिक बर्षमा प्रतिष्ठानले नाफा आर्जन गरेमा जुन आर्थिक बर्षमा श्रमिकले काम गरेको त्यसै आर्थिक वर्षको नाफा भएको कूल रकमको १० प्रतिसतले हुन आउने रकम श्रमिकले अर्को आर्थिक वर्षको ८ महिना भित्र प्राप्त गर्छन ।