हाम्राे ’boutमा

परिचय

श्रम तथा रोजगार कार्यालय बुटवल रुपन्देही साबिकको श्रम कार्यालय लु.अ. को रुपमा वि.स. २०३३ सालमा स्थापना भएको हो ।यसको कार्यक्षेत्र अन्तर्गत ५ नं. प्रदेशका रोल्पा, प्युठान, नवलपरासी सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा,गुल्मी, र अर्घाखाँची गरि जम्मा आठ जिल्ला पर्दछन् । यी क्षेत्रमा भएका श्रम सम्बन्धी ऐन नियम तथा नीति निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गरि श्रमिकहरुको हक अधिकारको संरक्षण र संवर्द्धन गर्दै स्वस्थ,सुरक्षित र मर्यादित कार्य वातावरणको सिर्जना गर्नु यस कार्यालयको कार्य रहेको छ ।

श्रम शक्तिको विकास र सदुपयोग गरि उत्पादकत्व अभिवृद्धि गर्नका लागि सुमधुर औद्योगिक श्रम सम्बन्ध कायम गर्ने, बालश्रम निवारण र सुधार लगायतका कार्यहरु गर्ने र गर्न लगाउने, श्रम ऐन,बोनस ऐन तथा सोहि सम्बन्धित नियमहरु उद्योग प्रतिष्ठानमा लागू गराउने तथा ट्रेड युनियन ऐन नियमानुसार कार्य गर्ने रहेको छ ।

वि.स. २०७५ पौष १५ गते देखि वैदेशिक रोजगारमा जानेहरुका लागि पुनः श्रम स्वीकृति (RE-entry) प्रदान गर्ने कार्य सुरु भएको छ ।

बैदेशिक रोजगारीको श्रम स्वीकृति अनलाइन फारम को लागि यँहा क्लिक गर्नुहोस्